के तपाई वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, वा बराहताल गाउँपालिकाका १८ देखि २५ वर्षको दलित युवा महिला हुनुहुन्छ? के तपाई कविता वा फोटोग्राफीमार्फत आफ्नो कथा सुनाउन चाहनुहुन्छ ? 📸🎤
द लिड नेपालले ‘कथा कर्णाली’ परियोजना अन्तर्गत वीरेन्द्रनगर, सुर्खेतमा गर्ने यी कार्यशालाले तपाईको सिर्जनात्मक क्षमता र नेतृत्व विकासमा मद्दत गर्नेछ । साथै, तपाईलाई आफ्ना कथा प्रस्तुत गर्न एक सुरक्षित र समावेशी स्थान र मन्च दिनेछ ।
कार्यक्रम बारे थप विवरण जान्न र आनलाइन आवेदन फारम भर्न तल दिईएको गुगल फर्म भर्नुहोस्: Click Here...
आवेदन फारम प्रिन्ट गरेर पनि भर्न सक्नुहुन्छ । फारम डाउनलोड गर्न तल दिइएको लिंकमा थिच्नुहोस् : Download Now... प्रिन्ट गरेको (physical) फारम भरिसकेपछि वीरेन्द्रनगर-४, कालु चोक स्थित द लिड नेपालको कार्यालयमा बुझाउनु पर्नेछ।
आवेदन दिने अन्तिम मिति: राती ११:५९ बजे, जेठ ३, २०८३ (मे १७, २०२६) ।